बुधबार पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान

पाेखरा | असार ४, २०८०

बुधबार पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ । बुधबार सिचुवान एयरलायन्सको एयरबस ए–३१९ विमानले असार ६ गते चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सिधा उडान गर्न लागेको हो ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी वायुसेवाले गर्न लागेको यो पहिलो उडान रहेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।


सिचुवान एयरलायन्सको विमानले पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई चार्टर उडानबाट ल्याउन लागेको हो । चीनबाट उक्त विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जनासम्म यात्रु पोखरामा ओर्लिने छन् ।


पोखरामा राष्ट्रिय सभाका अध्यक्षसहित सांसदहरु प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार पनि त्यही विमानबाट अवतरण गर्ने कार्यक्रम छ । अध्यक्षका प्रेस सल्लाहकार दुर्गा शर्माका अनुसार, जेठ २७ गते काठमाडौंबाट चीन भम्रणमा अध्यक्षसहित ७ जना सांसद तथा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएका छन् । सबै नौ जना पोखरामै अवतरण गर्ने कार्यक्रम छ ।


उक्त विमान त्यही दिन पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भई काठमाडौंबाट नियमित उडानमार्फत छेन्दु फर्किने सहप्रवक्ता भुलले बताए ।


यो विमान उत्तरतिरको ब्राभो ३४५ हवाई रुटबाट संखुवासभा पसेर काठमाडौंबाट ओभरफ्लाई गर्दै पोखरा आउने छ। नेपालस्थित चिनीयाँ दूतावासले पर्यटन बोर्ड, पोखरा महानगरपालिकासँग सहकार्य गर्दै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, पर्यटनमन्त्री र पर्यटनराज्यमन्त्री सहभागी हुँदैछन् ।


काठमाडौंस्थित चिनीयाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनका अनुसार, ५० भन्दा बढी मुलुकमा आयोजना हुँदै आइरहको यो कार्यक्रम दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो जेट विमान यसअघि २०२३ जनवरी १ तारिखका दिन हिमालय एयरलायन्सको अवतरण भएको थियो । हिमालयले पहिलो डेमो उडानमा एयरबस ए–३२० विमान काठमाडौंबाट उडाई पोखरामा अवतरण गराएको थियो ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्